काठमाडौं
१५-फागुन/ प्रतिनिधिसभा बैठक आज बस्दैछ । मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट संसदमा टेबल भएपछि पटक-पटक सारिएको बैठक आइतबार बस्न लागेको हो ।

यही फागुन ८ गते एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल भएको थियो । र, संसद बैठक १२ गतेसम्मका लागि स्थगित गरिएको थियो । तर, सत्ता गठबन्धनबिच सहमति हुन नसक्दा १२ गतेको बैठक अन्तिम समयमा सूचना टाँस गरेर १३ गते सारिएको थियो ।

१३ गते पनि बैठक बस्न सकेन । सूचना टाँस गरेर आइतबारसम्म सारिएको हो । बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकको मुख्य एजेण्डा एमसीसी नेपाल कम्प्याक्ट नै हुनेछ । दलहरूबीच एमसीसीबारे एकमत नहुँदा बैठक नै अनिश्चित जस्तै भएको छ ।

 

 

प्रतिकृया

प्रतिकृया