वृहत दाङ उपत्यका सिचाई आयोजनाका प्रमुख राजु आचार्य । उनको जन्म साविक दाङ जिल्लाको तत्कालिन उरहरी गाविस वडा नं. ३ हाल तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ उरहरीमा २०३६ साल भदौ १९ गते बुवा ज्योति प्रसाद आचार्य र आमा पुष्करादेवी आर्चायको कोखबाट भएको थियो । ६ जना दाजुभाई र १ दिदीमध्ये उनी बुवाआमाको कान्छो सन्तानको रुपमा जन्मिएका हुन् । उनको वाल्यकाल उरहरीमा नै वितेको थियो । मध्यम परिवारमा जन्मिएका आचार्यको परिवारको मुख्य आयस्रोत नै कृषी पेशा थियो ।

किसान कै छोरा भएकाले उनको पढाई बाहेक अरु समय खेतबारीमै वित्ने गथ्र्यो । घरको कान्छो छोरा भएको हिसावले अरु दीदी दाईहरुको तुलनामा मलाई कामको चाप अली कम नै हुन्थ्यो उनी भन्छन् तर बाहिरको काममा नगए पनि घरभित्रको काममा आमालाई सघाउने गरेको उनी बताउँछन् । पढाई, घरको काम बाहेक उनी वाल्यकालमा साथीहरुसंग खेल्ल रुचाउथे । त्यती बेला हामी गुच्चा, दण्डिवियो, मोजाको बल बनाएर खेल्ने गथ्र्यो उनी भन्छन् । उनले उरहरीमै रहेको अमर माविमा पाँच बर्षको उमेरमा कक्षा एकमा भर्ना भए । उनले अमरमा कक्षा ८ सम्म अध्ययन गरेका थिए ।

त्यसपछि कक्षा नौ र दश उनी तुलसीपुरमा रहेको तुलसी आवसिय माध्यामिक विद्यालयमा भर्ना भए । उनले तुलसीबाटै २०५३ सालमा एसएलसी पार गरे । त्यसपछि उनी विज्ञान विषय पढ्ने भनेर अमृत साईन्स क्याम्पस काठमाडौँमा भर्ना भए र २०५५ सालमा उनी त्यहीबाट आईएसी पास गरे । त्यसपछि उनी ईन्जिनेरिङ अध्यन गर्न सस्थान पुल्चोकमा भर्ना भए । उनले त्यहीबाट सिभिल ईन्जिनियरिङ स्नातक पढे र २०६१ सालमा पास गरे । त्यसपछि उनी लोकसेवाको तयारीमा लागे । २०६३ मा नेपाल सरकारको ईन्जिनियरमा नियुक्ति पाए । त्यसपछि जागिर खादै निर्माण व्यवस्थापनमा उनले स्नाकोत्तर २०७१ सालमा पोखरा विश्वविद्यालयबाट पास गरे ।

सानै उमेरदेखि ईन्जिनियर बन्ने चाहना थियो
उनीको पढाई गणित बियमा पढाई राम्रो थियो । गणित बिषय राम्रो भएकाले दाईहरुले मलाई ईन्जिनेरिङ बिषय पढ्दा राम्रो हुन्छ भन्नुभयो त्यसैले म सानैदेखि ईन्जिनियर पढ्छु भन्ने लागेको थियो उनी भन्छ्न त्यही अनुसार पढे । तर बुवा आमाले भने राम्रोसंग पढ्नुपर्छ ठूलो मान्छे बन्नुपर्छ भने पनि यस्तो या त्यस्तो बन्नुपर्छ भनरे कहिले नभनेको उनको भनाई छ । मेरो ठूलो दाईले पनि धेरै दुःख गरेर साईन्स पढ्नुभएको हो दाईको मेहनत लगाव देखेर मैले पनि साईन्स पढे उनी भन्छन् । ठूलो दाईको योगदानलेनै आफु अगाडी बढ्न सफल भएको उनी बताउँछन् । आफ्नो पेशाबाट एकदमै सन्तुष्ट रहेको उनी सुनाउँछन् । एक त मेरो पेशा विकास निर्माणसंग सम्वन्धित छ, प्रत्यक्ष जनतासंग जोडिएका कुराहरु छन् त्यसमा पनि आफ्नै जन्मभुमीमा आएर काम गर्न पाउँदा अझ धेरै खुसी छु उनी भन्छन् ।

मेरो जागिर नै विकास निर्माणबाट सुरु भएको हो त्यसैले काम गर्न कुनै समस्या छैन उनी भन्छन् । सुरुमा उनको रुकुम जिल्लाको प्राविधिक कार्यालय पोष्टिङ भयो उनी त्यहाँ २०६३ सालदेखि २०६८ सालसम्म पाँच बर्ष काम गरे । त्यसपछि उनको सरुवा काठमाडौँको ललितपुरमा भयो । ललितपुरमा ६,७ महिना काम गरेपछि उनी २०६८ सालमा लिखित परिक्षामा नाम निकालेर नेपाल सरकारको सिचाई मन्त्रालयमा उपसचिव भएर निरन्तर काम गर्दै आएका छन् । उनले उपसचिव भएर काम गरेसंगै सिंचाई डिभिजन कार्यालय बाँके, सिचाई डिभिजन कार्यालय सुर्खेत, जलस्रोत अनुसन्धान तथा विकास केन्द्र ललितपुर र अहिले २०७६ सालदेखि उनी वृहत दाङ उपत्यका सिचाई आयोजनाको प्रमुखको रुपमा काम गर्दै आएका छन् । परिवारको साथ सहयोगका कारण काम गर्न एकदमै हौसला मिलेको उनी सुनाउँछन् ।

ग्वाला गएको समय खोलामा डुवेको थिए
एकदिन उनी साथीहरुसंग ग्वाला गएका थिए । भदौको महिना त्यसैमा एकदमै गर्मी थियो । उनी आफुसंग ग्वाला गएका साथीहरुलाई केही जानकारी नदिई ट्वाङखोलामा नुहाउन गएछन् । नुहाउँदै जाँदा उनी गहिराईसम्म पुगेको थाहा पाएनन् । उनी भन्छन् नुहाउँदै थिए म त गहिरोमा पुगी सकेको रहेछुपछि पानीमा डुव्नै लागेको समयमा फेरी खोलाको छालले नै मलाई फाल्यो र म तैरिए बाँच्न सफल भए । म खोलाबाट तैरिदासम्म मलाई कसैले देख्नुभएको थिएन यो मेरो जीवनको भुल्नै नसकिने क्षण हो उनी भन्छन् ।

वैवाहिक जीवन
राजु आचार्यले २०६६ फागुन २८ गते घोराही उपमहानगरपालिका वडा नं. २ रामपुरबाट मागी विवाहा गरेका हुन् । अभिभावकहरुले हेरेको मान्छेसंग बिहे गरेपनि श्रीमतीबाट आफु सन्तुष्ट रहेको उनी बताउँछन् । आफुले सोचेको जस्तो सबै कुराहरु पुरा हँुदैन भन्ने मलाई थाहा छ तर अहिलके सम्म हामी खशी छौ हाम्रो जीवन सुखमयनै छ उनी भन्छन् । उनको दुईवटा छोरीहरु छन । कहिले काही परिवारबाट हामीलाई समय दिनु भएन भन्ने गुणासो आए पनि अरु कुनै कुराको गुणासो नआउने गरेको उनको अनुभव छ ।

अवकासपछि शिक्षाक्षेत्रमा काम गर्ने मन छ
राजु आचार्यलाई सरकारी जागिरबाट रिटायर भई सकेपछि शिक्षाक्षेत्रमा काम गर्ने ईच्छा छ । तत्कालिन अवस्था सरकारी जागिर खानुपर्छ भन्ने थियो मेरो पारिवारीक पृष्ठभुमी पनि त्यस्तै थियो मेरो दाईहरुको प्रेरणाबाट सरकारी जागिर तिरै लागियो सरकारी जागिर खाईसकेपछि छोड्न पनि गाह्रो हुने रहेछ अव रिटार्यर भएपछि मेरो स्वास्थ्यले साथ दियो भने शिक्षण पेशामा आवद्ध हुने चाहना छ ।

प्रतिकृया

प्रतिकृया