तुलसीपुर
१५-चैत/ दाङमा म्यादी प्रहरीको छनोट परीक्षा मंगलबारदेखि शुरु भएको छ । जिल्लामा म्यादी प्रहरीका लागि १६ सय जनाको माग गरिएकोमा सात हजार छ सय ६३ जनाले आवेदन दिएका छन् । जसमध्य दुई हजार दुई सय एक जना महिला र पाँच हजार चार सय ६२ जना पुरुषले आवेदन दिएका हुन् ।

छनौट परीक्षा तीन सिफ्टमा संचालन हुने छ । मंगलबार १५ गते बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म छनौट परीक्षा हुने बताइएको छ । परीक्षा नेपाल पुलिस स्कूल घोराहीमा हुदैछ । आगामी बैशाख ३० गते स्थानीय तह चुनाव हुदैछ ।

प्रतिकृया

प्रतिकृया