सल्यान,
१५-चैत/ सल्यानमा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छ्न । ईप्रका श्रीनगरमा कार्यरत प्रहरी जवान पवन केसी मंगलबार बिहान मृत अवस्थामा फेला परेका हुन । ईप्रका श्रीनगरको कार्यालय नजिकै भगवती खोला जाने नालामा पोशाक लगाएकै अवस्थामा केसीको शब भेटिएको हो।

गएराती १० बजेदेखि २ बजेसम्म ईप्रका श्रीनगरको मेनगेटमा डिउटीमा रहेका केसी मंगलबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ। घटनाको कारण नखुले पनी ३० मिटर छाङगाबाट खसेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ। बिहान स्थानीय महिलाले शब देखेपछी प्रहरीलाई खबर गरेकि थिईन। मृतक जवान केसी पश्चिम् रुकुमको मुसिकोट-१३ छिवाङका हुन । घटनाबारे अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।

प्रतिकृया

प्रतिकृया