दिप्तीशिखा चौधरी, दंगीशरण
१७-चैत/ दंगीशरण गाउँपालिकाको न्यायिक समितिमा पाचँ वर्षको अवधिमा १ सय २७ वटा मुद्दा दर्ता भएका छन् । न्यायिक समितिका संयोजक पिमा वली खड्काका अनुसार २०७४ देखि २०७८ सम्म १ सय २७ वटा मुद्दा दर्ता भएका थिए । जसमध्ये ४९ वटा मुद्दा न्यायिक समितिमै मिलापत्र भएका थिए ।

यस्तै मिलापत्र नभएका ८ वटा मुद्दा अदालतमा सिफारीस गरिएको थियो । न्यायीक समितीमा ३ वटा मुद्दाको निवेदन फिर्ता लिएको जनाईएको छ भने ३ वटा मुद्दा खारेज गरिएको छ । यस्तै ६४ वटा मुद्दा फछेयोट गर्न बाँकी रहेको न्यायिक समितिले जनाएको छ ।

‘स्थानीय तह आएदेखि न्यायीक समितिमा मुद्दा दर्ता हुनु एकदमै कम हो । पहिलो वर्ष संख्यात्मक हिसाबले धेरै थियो तर पछि घट्दै गयो । दुई वर्ष कोभिडका कारणले लकडाउन भयो । लकडाउनका समयमा फोन तथा घरमै गएर मिलाउँने गरेका हौँ । दंगीशरणमा जटिल खालका मुद्दा कम मात्रामा छन् । पछिल्लो समय मेलमिलापकर्ताबाट मिलान हुने गरेको छ भने केहि मुद्दा गाउँमै गाउँका अगुवाहरुबाट मिलाउँने गरेका छौँ, संयोजक खड्काले भनिन् ।’

 

 

आर्थिक बर्ष २०७८/०७९ मा १८ वटा मुद्दा दर्ता भएको न्यायिक समिती संयोजक पिमा कुमारी खड्काले जानकारी दिइन् । जसमध्ये जग्गा विवाद २ र इज्जद आमद अनुसार खान लाउन नदिएको ३ वटा गरि ५ वटा मुद्दा फछ्र्याैट भईसकेका छन् । न्यायीक समितीका संयोजक खड्काका अनुशार अव १२ वटा मुद्धा पछ्र्याैट हुन बाँकी रहेको छ ।

न्यायिक समितीमा यस आर्थीक बर्षमा सबै भन्दा धेरै इज्जत आमदअनुसार खान लाउन नदिएको भन्दै ११ वटा मुद्दा दर्ता भएका छन् । यस्तै जग्गा विवाद ६ वटा र प्रदुषण सम्बन्धी १ वटा गरी १८ वटा मुद्दा दर्ता भएको संयोजक खड्काको भनाई छ । न्यायीक समितीमा २०७४/०७५ मा ३७ वटा मुद्दा दर्ता भएकोमा १६ वटा मिलापत्र भएको थियो । २०७५/२०७६ मा २४ वटा मुद्दा दर्ता भएको थियो ।

यस्तै २०७६/२०७७ मा १७ वटा मुद्दा दर्ता भएकोमा ७ वटा मिलापत्र भएको र २०७७ /२०७८ मा ३१ वटा मुद्दा दर्ता भएकोमा १२ वटा मुद्दा कार्यालयमा पछ्र्यौट भएको छ । २०७४/०७५ देखि २०७८/२०७९ सम्म न्यायीक समितीमा मिलापत्र हुन नसकेका ८ वटा मुद्दा जिल्ला अदालत पठाईएको न्यायीक समितीका चन्द्रा वलीले जानकारी दिइन् ।

प्रतिकृया

प्रतिकृया