तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ हाडिमेमा रहेको नयाँपाईला पुर्नस्थापना केन्द्रका कार्यकारी निर्देशक सुरेश भुसाल । उनको जन्म अर्घाखाँची जिल्लाको साविक ढाकावाङ गाविस वडा नं. ९ मा २०३६ साल असोज २९ गते बुवा भुवानन्द भुसाल र आमा हरिकला भुसालको कोखबाट भएको थियो । उनी डेढ वर्षको उमेरसम्म अर्घाखाँचीमै बसे । उनका बुवा भारतको मेघालय सिलोङ्गमा व्यवसाय गर्थे । सुरेश डेढ वर्षको हुँदा उनकी आमाले बुवा बसेको स्थान सिलोङ्गमा लगिन् । त्यसपछि उनको वाल्यकाल सिलोङ्गमै बित्यो ।

उनी सिलोङ्गमा बसेको केही समयपछि त्यहाँ दङ्गा सुरु भयो । दङ्गाको समयमा सुरेशका बुवाले ट्रकमा राखेर आफ्नो परिवारलाई नेपालमा ल्याए । नेपाल आएको ४÷५ दिनपछि उनका बुवा वेपत्ता भए । वेपत्ता भएको १२÷१३ वर्षपछि उनका बुवा घरमा आए र २०५७ सालमा उनको परिवार लमहीमा बसाई सरेर आयो । उनको परिवार अहिले पनि लमहीमै छ ।

९ वर्षमा कमाउन इण्डिया गए

सुरेशका बुवा करिब १२/१३ वर्षसम्म लापत्ता भएपछि घरको विभिन्न समस्याले उनी ९ वर्षको उमेरमा कमाउनका लागि उनी इन्डिया गए । गाउँका साथीहरुसँग इन्डिया गएका उनी एकजना मन्त्रालयका सचिवको घरमा काम गर्न पुगे । उनी सानै उमेरमा त्यहाँ काम गर्न गएकाले सचिवको परिवारले सुरेशलाई एकदमै माया गथ्र्यो । पढेलेखेको शिक्षित परिवार भएकाले उनीहरुको सहयोगमा सुरेश बिहान बेलुका घरको काम गरेर स्कुल पढ्न थाले ।

आफु त्यहाँ बसेको समयमा एउटा गृहिणीले घरमा गर्ने सम्पूर्ण काम गरेको सुनाउँछन् । घर सफा गर्ने, भाँडा माझ्ने, लुगा धुने, तरकारीहरु ल्याउने यी काम सबै गरेर उनी पढ्न जान्थे । उनले सन २००० सालमा डिएभी स्कुल दिल्लीबाट एसएलसी पास गरेका थिए । एसएलसी पछि उनी दिल्ली विश्व विद्यालयमा पढ्न सुरु गरे । वि.कम दोस्रो वर्षको पढाइकै क्रममा उनको पढाइ रोकियो । त्यसपछि उनी नेपाल फर्किए । केही समय नेपालमा बसेपछि फेरी उनी भारतमा गएर हरियाणा सरकारको आभास मन्त्रालयमा काम गरे । उनी क्याम्पस पढ्ने समयमा साथीभाइको संगतले हल्का मदिरा, गाँजा खान सिकेका थिए तर मन्त्रालयमा गएपछि अझ बढी कुलतमा आफु फसेको उनी बताउँछन् ।

त्यसपछि २०६४ सालदेखि उनी नेपालमा बस्न थाले र दाङको लमहीमा सन कम्प्युटर इन्स्टिच्युट सञ्चालन गरे । ‘तर दुव्र्यशनीमा फसेको व्यक्ति व्यापारमा हात हालेर सफल हुने रहेन छ’ उनी भन्छन्–नसाले गर्दा मलाई कालो जण्डीस भईसकेको थियो म आफै सुघार गृहमा जान्छु भनेर चार पटकसम्म घरदेखि लमही चोकसम्म पुगे तर सुधार गृहमा धेरै कुटपिट हुन्छ यातना दिन्छन् भन्ने सुनेपछि म घरमै फर्किन्थे उनी सुनाउँछन् । सुधार गृहमा जानको लागि ल्याएको पैसाले रक्सीहरु खाएर आफु घर फर्कने गरेको उनी सुनाउँछन् । मैले डाक्टरले दिएको औषधि खाँदैनथे, मदिरा सेवन गर्ने गाँजाहरु खान्थे धेरै भएपछि आमाले झुक्काएर मलाई सुधार गृहमा ल्याउनुभयो उनी भन्छन् । त्यसपछि आफु सुधार गृहमै रहेको उनी बताउँछन् । तीन महिनासम्म सुधार गृहमा उपचार गरेर सन्चो भएपछि २०७१ सालमा नयाँपाईला पुर्नस्थापना दर्ता भएको र त्यसको नेतृत्व गर्ने मान्छे चाहिएकाले सुधिर पौडेलले आफुलाई कार्यालय प्रमुखको जिम्मेवारी दिएको र आफुले जिम्मेवारी निर्वाह गर्दै आएको उनी बताउँछन् ।

भविष्यमा पाईलट बन्ने चाहना थियो

सुरेश भुसाल वाल्यकालमा पाईलट बन्ने चाहना राखेका थिए । त्यो अनुसारको तयारी समेत गरे । पढाइ पनि राम्रो थियो । सुरेश पाईलट बन्नको लागि दिल्ली पाइलट क्लवमा गएर अन्तरवार्ता दिएर पास पनि गरे । तर त्यहाँ ४० घण्टाको तालिम सिक्नको लागि ४ लाख रकम चाहिन्थ्यो । तर त्यो समयमा ४ लाख पैसा बुझाउन नसकेका कारण आफ्नो पाईलट बन्ने सपना अधुरै रहेको उनी बताउँछन् । आफ्नो सपनाहरु धेरै भए पनि केही कुलतले त केही सपना आर्थिक अवस्थाले पुरा गर्न नसकेको उनी बताउँछन् । आफुले रोजेको देखेको सपना पुरा नगरे पनि अहिले आफ्नो कामबाट सन्तुष्ट रहेको उनी बताउँछन् । ‘धेरै आमाहरुको आसु पुछ्न सकेको छु, समाज सेवा गर्न पाएको छु, म यसैमा सन्तुष्ट छु’ उनी भन्छन् ।

कुलतमा पसे तर नराम्रो काम गरेन

भुसाल आफु कुलतमा फसे पनि नराम्रो काम कहिले नगरेको बताउँछन् । राती सुत्ने बेला चार÷पाँच वटा क्वाटर गोजामा राखेर सुत्थे, बिहान ३÷४ बजेतिर सकिन्थ्यो अनि बिहानै आमालाई मर्निङवाक जान्छु भनी ढाँटेर मदिरा खान जान्थे उनी भन्छन् बिहानै होटेल नखुल्ने भएकाले होटेल शाहुले दाउरामा लुकाएर रक्सी राखिदिनु हुन्थ्यो र त्यो निकालेर खान्थे बिहान ६ बजे फेरी होटल खुल्थ्यो फेरी रक्सी खान्थे उनी भन्छन् घर फर्किने बेलामा कपडामा सेतो धुलो लगाएर क्यारम्बोर्ड खेलेर आएको भनि बहाना बनाउँथे । ‘नसाको झोकमा एकदिन सर्पलाई काँधमा लिएर हिडेको उनी बताउँछन् । साथीको आमाले देखेर गाली गरेपछि बाटोमा फालेर आफु हिडेको उनको भनाई छ । आफु दुव्र्यशनीमा फसेर विभिन्न खालको हर्कत गरे पनि नराम्रो काम कहिले नगरेको उनी बताउँछन् । व्यवसाय गर्ने भएकाले पैसाको कमी नहुने भएकाले कसैलाई नराम्रो नगरेको उनी सुनाउँछन् । मेरो गाउँको विकासका लागि मैले धैरे मेहनत गरेको व्यक्ति ह‘ुँ उनी भन्छन् कतै बत्ति पानीको समस्या भएका म सुतिरहेकै बेला मलाई भेट्न छिमेकीहरु आउनुहुन्थ्यो ।

अभिभावकले कुरा नबुझ्दा समस्या हुन्छ

विभिन्न समयमा नयाँपाईलामा बस्दै आएका व्यक्तिहरुको अभिभावकहरुले कुरा नबुझिँदिंदा काम छोडौझै लाग्ने गरेको उनी बताउँछन् । कुनै–कुनै बेला अरु उपाय नलागेपछि एकदुई झापड पिट्नु पर्ने हुन्छ, त्यो कुरा अभिभावकहरुले बुझ्नु हुँदैन । ‘मान्छे परिवर्तन भएको देख्नुहुन्छ तर शारीरिक परिवर्तन मानसिक परिवर्तन भएको देख्नु हुँदैन अभिभावकल’े उनी भन्छन् हामीले आफ्नो जीवन खुकुरीको धारमा लिएर हिडेका मान्छे हौं । ‘सुधार गृहमा बस्नेको स्याहार सुसार गरेर समयमा खान समयमै सुत्नै पाउँदैनौ, सुधारगृह नजिकै मेरो कोठा छ तर कहिले काही तीन/चार दिनसम्म त्यहाँ जान पाउँदैन त्यो समस्या अभिभावकहरुले बुझ्नु हुँदैन सबै भन्दा धेरै अभिभावक र समाजको असहकार्य आफ्नो चुनौति रहेको उनी बताउँछन् ।

दशै तिहारमा सबै स्टाफहरु टिका लगाएर अफिस फर्केपछि मात्रै म रातीमा घर जान्छु । दाइले भाइ टिका लगाउन आएन भन्नुहुन्छ, भाउजूहरुले देवर ठुलो बन्नुभयो भन्नु हुन्छ तर वास्तवमा मैले परिवार जस्तै माया संस्थालाई गरेको छु । संस्था सञ्चालन गर्न विभिन्न चुनौति त छ नै तर सबैभन्दा धेरै चुनौति अभिभावकको सहकार्यको छ उनी भन्छन्–समाजले लागूपदार्थ र दुव्र्यशनलाई नबुझेर समस्या आउँछ सबैले यो रोग हो भन्नु हुन्छ, यस्ता व्यक्तिलाई तर्साएपछि सुध्रिन्छन् भन्ने मान्नु हुन्छ तर उनीहरुलाई काउन्सिलिङ गरेर माया ममता दिएर सुध्रिन्छन् उनी भन्छन् ।

वैवाहिक जीवन

उनले मछाहीबाट हिरा आचार्य भुसालसँग चिनजान भएर मन मिलेपछि मागी बिहे गरेका हुन् । उनको ९ वर्षको एक छोरी छिन् । उनको श्रीमती नयाँपाईला पुर्नस्थापना केन्द्रको काउन्सिलर पनि हुन् । आफ्नो श्रीमतीको व्यवहार बोल्ने शैली र मान्छे पनि राम्री लागेर आफुले बिहे गरेको उनी सुनाउँछन् । आफुले कल्पना गरे अनुसारको माया गर्ने आफ्नो पेशालाई बुझ्ने जीवन साथी पाएकाले आफु सन्तुष्ट रहेको उनी बताउँछन् । देउखुरी पव्लिक स्कुलको सल्लाहाकार समेत रहेको सुरेश अबको जीवन आफ्नो संस्थालाई चरित्र निर्माण गर्ने कलेजको रुपमा आगाडी बढाउने उनको सोच छ । र संस्थाको आफ्नै भवन बनाउने, दुव्र्यशनलाई न्युनीकरण गर्न लागि पर्ने र समाजमा सुधार गृहलाई हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्ने उनको ईच्छा छ ।

प्रतिकृया

प्रतिकृया