४ बर्षसम्म घोराहीमा कुपोषित बालकालिकाको उपचार सेवा बन्द रह्यो । यो बीचमा नागरिकहरुले उपचार सेवा पाउनबाट बन्चित हुनुपरेको थियो । तर अहिले विगत ४ बर्ष देखी बन्द रहेको पोषण पुनस्थापना गृह पुनः सञ्चालनमा आएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान स्थापना भएपछि बन्द गरिएको गृह प्रतिष्ठानले पुनः सञ्चालनमा ल्याएको हो । नेपाल सरकारले कुपोषित बच्चाहरुको विषेशज्ञहरुकै निगरानीमा उपचार गर्ने उदेश्यले पोषण पुनःस्र्थापना गृहलाई सञ्चालनमा ल्याईएको छ । बाल रोग विषेशज्ञ, डाईटिसियन, नर्सिङ स्टाप सहित स्वास्थ्यकर्मीको निगरानीमा बच्चा र आमाको पोषणका लागि निशुल्क सेवा प्रदान गर्ने गरी सेवा सुरु गरिएको यो अबस्थाले सबैमा फेरी उत्साह थपेको छ ।

पुस महिनादेखि पोषण कार्यक्रम शुरु गरेपनि चैत्र महिनादेखि छुट्टै भवनमा पोषण गृह सञ्चालनमा ल्याईएको हो । ६ जना बच्चालाई राखेर उपचार गर्न सकिने अहिलेको अबस्था भए पनि १० बेड क्षमताको बनाउने तयारी भएको छ । बच्चाको अबस्था हेरेर १५ देखी ४५ दिन सम्म गृह राखेर उपाचार तथा परामर्श गरिने गरिएको छ । पोषण पुनःस्र्थापना गृह सञ्चालनका लागि ८ जनाको टिम रहेको छ । प्रतिष्ठान स्थापना भएसँगै पोषण गृह बन्द भएपछि चर्को बिरोध भएको थियो । तर प्रतिष्ठानले पोषण कार्यक्रम सञ्चालन गरेको बताए पनि प्रभावकारी थिएन ।

अब दाङसहित छिमेकी जिल्लाहरुका कुपोषित बच्चा र आमाहरुको उपचार सहजरुपले पाउने विश्वास गरिएको छ । नयाँ उपकुलपती डा. विकास लामिछाने आएपछि यो कार्यक्रमलाई थप प्रभावकारी बनाउन निर्देशन दिएसँगै अब यसको प्रभावकारीता र सेवा बढ्ने नागरिकहरुको अपेक्षा रहेको छ । सर्भसुलभरुपमा उपचार र परामर्श लिनका लागि राज्यले जुन खालको अवस्था सृजना गरेको छ अब यसलाई थप वृद्धी गर्दै कुपोषणलाई निर्मूल पार्ने अभियान समेत चलाउन आवश्यक छ ।

प्रतिकृया

प्रतिकृया