रुकुम पश्चिम
३०-चैत/ रुकुम पश्चिममा एक जना महिलाको निसास्सिएर मृत्यु भएको छ । बुधबार बिहान मुसीकोट नगरपालिका-६ कानेबाङ निवासी ६० वर्षिया पम्फा बोहराको सुतिरहेको बेला धुवाँमा निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका रुकुम पश्चिमले जनाएको छ ।

कोठाबाट धुवाँको मुस्लो निस्किएपछि छोरा केशरमान बोहराले ढोका खोली हेर्दा आमाको मृत्यु भइसकेको फेला पारेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार छोराले ढोका खोलेर हेर्दा आमाको दाहिने हातका ५ वटा औँला जलेको र सिरानी जलिरहेको थियो।

धुवाँको मुस्लो धेरै भएकोले निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रतिकृया

प्रतिकृया