प्रिया स्मृती गजमेर, देउखुरी
८-वैशाख/ यहि बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि देउखुरीको लमहीमा निर्वाचन अधिकृतको कार्यालयको स्थापना भएको छ । साथै उक्त कार्यालयको बिहिबार एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ । लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले उद्घाटन गरेका हुन् । यो कार्यालय लमही नगरपालिकाको परिसर भित्र रहेको छ ।

लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले निर्वाचन कार्यालयले स्वच्छ, निष्पक्ष रुपमा स्थानीय तहको निर्वाचनलाई सम्पन्न गराउने कुरामा विश्वास व्यक्त गरेको बताए ।निर्वाचन कार्यालयको कार्यलाई मर्यादित बनाउने गरि भुमिका खेल्दिन यहाँका पार्टी, सामाजिक संघ संस्थाका प्रतिनिधि, पत्रकार सबैलाई सहयोग गरि दिन समेत नगरप्रमुख केसीले आग्रह गरे ।

त्यस्तै निर्वाचन कार्यालय लमहीका निर्वाचन अधिकृत मान बहादुर विष्टले आसन्न स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउने कुरामा आफू प्रतिबद्ध भएको बताए । कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न पार्टीका प्रमुख तथा प्रतिनिधि, विभिन्न संचार गृहमा आवद्ध पत्रकारहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा पत्रकार दशरथ घिमिरे, नागरिक समाज दाङका सह संयोजक नीम बहादुर थापा, इलाका प्रशासन कार्यालय लमहीका प्रमुख चन्द्र बहादुर केसी, लमही नगरपालिकाका उपप्रमुख देबका बेल्बासे लगायतले बोलेका थिए । निर्वाचन अधिकृत मान बहादुर विष्टको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन सहायक निर्वाचन अधिकृत गोकर्ण ओलीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया