सल्यान
११-वैशाख/ सल्यानमा डोजर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । जिल्लाको बागचौर नगरपालिका ६ स्थित मैढोले ठुलापोखरा हुँदै जामुनेचौर जानेबाटो कटिङ गर्ने क्रममा डोजर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

शनिबार राति रा १ क ७१९ नम्बरको डोजर दुर्घटना हुँदा चालक दाङ बबई गाउँपालिका हापुरे ४ निवासी ३३ वर्षीय देवराज खत्री र सहचालक छत्रेश्वरी गाउँपालिका १ दमाचौर निवासी अन्दाजी १८ वर्षीय चित्रबहादुर विकको मृत्यु भएको प्रहरीले बताएको छ ।

चालक खत्रीको दुर्घटनास्थलमै मृत्यु भएको हो भने दुर्घटनामा परि गम्भीर घाइते भएका सहचालक विकको जिल्ला अस्पताल सल्यानमा उपचार क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । दुर्घटनामा परि घाइते भएका बागचौर नगरपालिका ६ निवासी ३० वर्षिय धन बहादुर वलीको अवस्था भने सामान्य रहेको प्रहरीले बताएको छ ।

दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिकृया

प्रतिकृया