दाङ,
२४-वैशाख/ जिम्बाब्बे ए विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल ९ विकेटले विजयी भएको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जिम्बाब्बेले दिएको ८८ रनको लक्ष्य नेपालले ११.२ ओभरमा एक विकेट गुमाएर भेट्टायो । नेपालका लागि ओपनर सुनिल धमलाले ३८ रन बनाए भने अर्का ओपनर आसिफ शेखले ३४ र विनोद भण्डारी ४ रनमा अविजित रहे ।

जितसँगै दुई एकदिवसीय सिरिज १-१ को बराबरी भएको छ । टस जितेर फिल्डिङ रोजेको नेपालले जिम्बाब्बे ए लाई ३१.५ ओभरमा ८७ रनमा अलआउट पारेको थियो । नेपालका लागि करण केसी र सोमपाल कामीले ३र३ विकेट लिए भने सन्दीप लामिछानेले २ र सागर ढकालले एक विकेट लिए ।

जिम्बाब्बेलाई सस्तैमा समेट्ने क्रममा नेपालले १२ ओभरमा नै ६ विकेट लिइसकेको थियो । जिम्बाब्बे ए का महत्वपूर्ण ब्याटर जोनाथन क्याम्पवेलले २७, ब्राड इभान्सले नटआउट २० र चेफास जुवाओले १० रन बनाउनुबाहेक अरु ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् । शुक्रबार भएको पहिलो एकदिवसीय खेलमा नेपाल जिम्बाब्बेसँग ३ विकेटले पराजित भएको थियो ।

प्रतिकृया

प्रतिकृया