घोराही,
२९-वैशाख/ घोराहीमा रहेको कृतिम ड्याममा डुबेर एक महिलाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ ढीकपुरमा रहेको ड्याममा डुबेर सोही ठाउँकी ३० वर्षीया बिबा घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बिहीबार बिहान पौने ९ बजे नुहाउन गएकोे समयमा चिप्लिएर ड्याममा डुबेर मृत्यु भएको डिएसपी मुकुन्द रिजालले जानकारी दिए । स्थानीय बासीले उनलाई डुबेको देखेपछि उनको उद्धार गरेका थिए । तर घर्तीलाई ड्याम बाहिर ल्याउँदासम्म उनको मृत्यु भईसकेको प्रहरीले बताएको छ । अहिलेको उनको शव पोष्टमाटमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ ।

प्रतिकृया

प्रतिकृया