तुलसीपुर
३०-वैशाख/ दाङमा दिउँसो ३ बजेसम्म ५६ प्रतिशत मत खसेको छ । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार दिउँसो ३ बजेसम्म ५६ प्रतिशत मतदाताले मतदान गरेका छन् । जिल्लामा दश पालिका र ९९ वडाका केन्द्रमा उत्साहजनक र शान्तिपुर्ण वातावरणमा मतदान भईरहेको छ । यो समाचार तयारपार्दासम्म कुनै पनि अप्रिय घटना नभएको समेत निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा कुल ४ सय ६१ मतदान केन्द्र, एक सय ५३ मतदान स्थल तय गरिएको छ । भने ४ लाख ९ हजार ९०२ मतदाताले मतदान गर्दैछन् । जसमध्य दुई लाख ८०१ जना पुरुष र दुई लाख ९ हजार ९९ जना महिला र अन्य दुई जनाले मतदान गर्दैछन् ।

त्यस्तै जिल्लामा ३५ सय सुरक्षाकर्मी र २५ सय कर्मचारीहरुलाई मतदान स्थलमा खटाइएको छ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गर्दैछ ।

 

 

प्रतिकृया

प्रतिकृया