तुलसीपुर
३०-वैशाख/ प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले निर्वाचन भयरहित तथा शान्तिपूर्ण रुपमा सम्पन्न गराउन भुमिका खेल्ने सबैैलाई हार्दिक बधाई तथा धन्यावाद ज्ञापन गरेका छन् । जिल्ला निर्वाचन सुरक्षा समितिका संयोजक समेत रहेका प्रजिअ रेग्मीले निर्वाचनलाई सुरक्षित गराउने सन्दर्भमा सुरक्षा जांच कडाइ गर्दा केहि बुथहरुमा तोकिएको समय भन्दा बढि समय पनि मतदान जारी राख्नुपरेका घटना बाहेक जिल्लाभर निर्वाचन शान्तिपूर्ण, भयरहित वातावरणमा सम्पन्न भएको बताए ।

प्रजिअ रेग्मीले निर्वाचनलाई शान्तिपुर्ण रुपमा सम्पन्न गराउन खटिएका सुरक्षाकर्मीहरु, सहकर्मी कर्मचारीहरु, म्यादी प्रहरी, राजनीतिक दल, नागरीक समाज, संचारकर्मी एवं विशेषगरी धैर्य प्रतिक्षा गरी सौहार्दपूर्ण वातावरणका साथ मतदानमा सहभागी भएका सम्पूर्ण मतदातालाई पनि विशेष धन्यावाद एवं बधाई ज्ञापन गरेका छन् ।

साथै प्रजिअ रेग्मीले सबै मतदान स्थलबाट सुरक्षित रुपमा मतपेटिका संबन्धित स्थानमा ल्याएर राखिसकेको र शान्तिपुर्ण एवं व्यवस्थीत रुपमा मतगणनाको काम सम्पन्न गराउने सन्दर्भमा कटिवद्ध रहेको पनि उनले बताए ।

मतपेटिकाहरु पालिकाको मत गणनास्थलमा आइसकेकोले सम्बन्धीत पालिकाका राजनीतिक दलको सर्वदलिय बैठकको निर्णय अनुसार अहिले केहीबेरबाट मतगणना सुरु हुने प्रजिअ रेग्मीले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिका बाहेक अन्य पालिकाहरुको मतगणना अहिले केहिबेरमा सुरु हुने बताए ।

प्रतिकृया

प्रतिकृया