तुलसीपुर
३१-वैशाख/ दाङका ७ स्थानीय तहमा मतगणना सुरु भएको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार लमही नगरपालिकासहित राप्ती, गढवा, राजपुर, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकामा मतगणना सुरु भएको हो ।
तीमध्य गढवामा नेकपा एमालेले अग्रता लिएको छ भने राप्तीमा माओवादीले अग्रता लिएको छ । ति बाहेक अन्य पालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । जिल्लाका १० स्थानीय तह मध्य घोराही उपमहानगरपालिका र बंगलाचुलीको मत गणना केही समयपछि मात्रै मतगणना सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ ।
तुलसीपुर उपमहानगरपालिकाको मतगणना भने ३ जेठ गते निर्वाचन पश्चात मात्रै मतगणना हुने बताइएको छ । तुलसीपुर १७ मा एमालेका तर्फबाट अध्यक्ष पदका उम्मेदवारको मृतयु भएपछि ३ जेठका लागि निर्वाचन सरेको हो । जिल्ला ४ लाख ९ हजार ९०२ मतदाता रहेकोमा ७० दशमलव १६ प्रतिशत मात्रै मत खसेको छ ।
यसैबिच, पश्चिम दाङको दुई पालिकामा मतगणना सुरु भएको छ । बबई गाउँपालिका र शान्तिनगर गाउँपालिकामा शनिबार बिहानदेखि मतगणना सुरु भएको हो। दुई गाउँपालिका मध्ये बबईमा एमाले र शान्तिनगरमा कांग्रेसको अग्रता रहेको छ । शान्तिनगर गाउँपालिका १ बाट मतगणना सुरु भएको छ । जसमा अध्यक्षमा कांग्रेसका उम्मेदवारले १६०, एमालेका उम्मेदवार ९८ र माओवादी केन्द्रका उम्मेदवारले ११८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्ष तर्फ कांग्रेसका उम्मेदवारले १५६, एमालेका उम्मेदवारले ८८, माओवादी केन्द्रका उम्मेदवारले ११७ मत प्राप्त गरेका छन् ।
त्यस्तै वडा अध्यक्षमा कांग्रेस ११२, एमाले ७४, माओवादी केन्द्र ११९ र स्वतन्त्र उम्मेदवारले ७६ मत प्राप्त गरेका छन् । त्यस्तै बबई गाउँपालिका १ र २ बाट मतगणना सुरु भएको छ । जसमा वडा नम्वर एक मा ३ सय मतगणना हुदा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा भुवनेश्वर पौडेलले १३७, उपाध्यक्षमा सावित्रा विश्वकर्मा १३७, वडा अध्यक्षमा प्रेमबहादुर डाँगी १३७ मत प्राप्त गरेका छन् । भने गौरी पुन १३६, शान्ता परियार १३३, चन्द्र रागु १३५, रमेश कुवर १४२ मत प्राप्त गरेका छन् ।
त्यस्तै कांग्रेस तर्फ गाउँपालिका अध्यक्षमा कुलबहादुर केसी ९८, उपाध्यक्षमा बमकुमारी खड्का ९३, वडा अध्यक्षमा यज्ञबहादुर बिष्ट ९२, सदस्यहरुमा तुल्सी राना मगर ९५, मोतिसरा बिक ९५, रोहित थापा मगर ८८, गोबर्दन बुढाथोकी ८७ र नेकपा माओवादी केन्द्रको तर्फबाट पालिका अध्यक्षमा भिमबहादुर वली ३९, उपाध्यक्षमा अन्जु घर्ती ३९, वडा अध्यक्षमा गम्मरचन रोका ३७, खिमकुमारी रानाले ३७ मत प्राप्त गरेका छन् ।