तुलसीपुर,
३१-वैशाख/ तुलसीपुरमा गएराति भएको खुरी प्रहारबाट ४ जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–४ का २८ वर्षीय कुल बहादुर ओली, सोही ठाउँका २२ वर्षीय प्रेमप्रकाश खड़का, ३० वर्षीय चन्द्र बहादुर ओली, र २८ वर्षीय रमेश खड़का रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

घाइते मध्य कुलबहादुर र प्रेम प्रकाशको अवस्था गम्भीर भएको र उनिहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको डिएसपी अर्यालले बताए ।

प्रहरीले खुकुरी प्रहार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिकामा स्वतन्त्रबाट उमपेयर पदका उम्मेदवार ४६ वर्षीय सुशिल गन्धर्वसहित उनका छोरा २४ वर्षीय सुमन नेपाली, २० वर्षीय सुदन नेपाली फरार रहेको प्रहरीले बताएको छ । स्थानीयको पूजामा नाँच हेर्न गएका युवाहरु बीच भएको सामान्य विवादले ठूलो रुप लिएको थियो ।

प्रतिकृया

प्रतिकृया