गढवा,
३१-वैशाख/गढवा गाउँपालिका वडा नं. ८ कोइलाबासमा नेकपा एमालेका वडा अध्यक्ष अब्दुल खालिक सिद्दिकी ४९६ मत ल्याइ बिजयी भएका छन् । भने उनका निकटम प्रतिद्वन्द्वी सद्दाम सिद्दिकिले ३८७ मत प्राप्त गरेका छन् । त्यसै गरि महिला सदस्यमा मिना पुन, दलित महिला सदस्यमा राजकुमारी बिक, खुल्ला सदस्यहरुमा गोपाल बहादुर थापा मगर र ओम बहदुर थापाले बिजय हासिल गरेका छन् ।

यसअघि राप्ती गाउँपालिका वडा नं. ९ मा वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर सहित उनको प्यानल नै विजयी भएको छ । भने दंगीशरण गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेसका रमेश भण्डारीसहित उनको पुरै प्यानल विजयी भईसकेको छ ।

प्रतिकृया

प्रतिकृया