तुलसीपुर
६-जेठ/ तुलसीपुर निर्वाचन कार्यालयले सूचना दिन धिलाइ गरेपछि पत्रकारहरुको धर्ना अहिले पनि जारी छ । आम नागरिक समक्ष सूचनामा धिलाइ भएको र सत्य तथ्य जानकारी निर्वाचन कार्यालयले उपलब्ध नगराएको भन्दै पत्रकारहरुले तुलसीपुरको मतगणना स्थलको मुल गेटमा धर्ना दिएका छन् ।

आम नागरिकको चासो र सरोकारको विषय रहेको मत परिणामको विषयमा निर्वाचन अधिकृतले समयमै जानकारी नदिएको भन्दै पत्रकारहरुले मत गणना स्थलको गेटमै धर्नामा बसेको पत्रकार सन्तोष केसीले जानकारी दिए । मत गणना र परिणामको विषयमा नागरिकले प्रत्येक घण्टामा जान्न पाउनुपर्ने सूचनाको हकलाई कुण्ठित गरेर निर्वाचन अधिकृतको कार्यालयले बेवास्ता गरेको भन्दै त्यसको विरोधमा उनीहरु धर्नामा उत्र्रिन बाध्य भएको उनले बताए । धर्ना दिएको एक घण्टा बढी हुंदासम्म पनि निर्वाचन कार्यालयले कुनै सम्बोधन नगरेको समेत पत्रकार केसीले जानकारी दिए ।

यता, मुख्य निवार्चन अधिकृत रितेन्द्र थापाले भने पत्रकारलाई सूचनाको हकबाट कुनै बन्चित नगरेको बताएका छन् । मतगणना स्थलमा पत्रकारका लागि संचार डेस्कमै सूचना उपलब्ध गराईरहेको उनले बताए । ‘हामीले निर्वाचन कार्यालयमा स्थापना गरिएको न्यूज डेस्कमा गएर पत्रकारहरुलाई सूचना दिने गरेका छौं’-मुख्य निर्वाचन अधिकृत थापाले भने ।

तर निर्वाचन कार्यालयले भने प्रत्येक घण्टा÷घण्टामा सूचना उपलब्ध गराउन भने सकेको छैन । मतगणना स्थलमा वास्तविक खबरलाई जनता सामु सम्प्रेषण गर्ने उद्देश्यले पत्रकारहरु सुरुका दिनदेखि संचार डेक्स स्थापना गरेर सूचना सम्प्रेषणका लागि बस्दै आएका छन् । यद्यपी उनीहरुलाई सूचना पाउन निक्कै कठिन र सकस छ ।

प्रतिकृया

प्रतिकृया