सल्यान
७-जेठ/ टिपरको ठक्करबाट युवकको मृत्यु भएपछि मृतकका आफन्तले राप्ती राजमार्ग अन्तरगर्त पर्ने कपुरकोट-तुलसीपुर सडकखण्ड बन्द गरेका छन् । शनिबार बिहान १० बजेदेखि राप्ती राजमार्ग अन्तर्गत पर्ने कपुरकोट-तुलसीपुर सडक खण्ड बन्द गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

उक्त सडक भएर हिड्ने अत्यावश्यक सवारी (एम्बुलेन्स) बाहेक अन्य सबै सवारी साधनलाई रोक लगाइएको छ । घटना भएको तीन दिनसम्म पनि रोल्पा सिमेन्ट कम्पनी र जलजला यातायात प्रालिका जिम्मेवार व्यक्ति सम्पर्कमा नआएको भन्दै सडक अवरुद्ध गरिएको प्रहरीले बताएको छ ।

तुलसीपुर ४ हर्नेटीमा बिहीबार साँझ ६ बजेतिर टिपरको ठक्करबाट गम्भीर घाइते कपुरकोट गाउँपालिका वडा नम्बर-३ का १८ वर्षीय आकाश सेनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको थियो। बिहिबार बेलुका कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ प ३१७९ नम्बर मोटरसाइकलमा सवार सेनलाई रा १ ख ११२३ नम्बरको टिप्परले ओभरटेक गर्ने क्रममा तुलसीपुर ४ हर्नेटीमा ठक्कर दिएको हो ।

दुर्घटनामा निधन भएका सेनको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शवगृहमा राखिएको छ । जिम्मेवार व्यक्ति सम्पर्कमा नआएसम्म पोष्टमार्टम नगर्ने पीडित परिवारको अडान छ । ठक्कर दिने टिप्पर र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया

प्रतिकृया