तुलसीपुर
१२ जेठ/ तुलसीपुर उपमहानगरपालिकामा नवनिर्वाचित नगरप्रमुख टिकाराम खड्काले सपथ ग्रहण गरेका छन। घोराहीमा आज बिहीवार मुख्य निर्वाचन अधिकृत न्यायाधीश रितेन्द्र थापाले खड्कालाई गोपनियताको सफथ ग्रहण गराएका हुन।

मुख्य निर्वाचन अधिकृत थापाले नगरप्रमुख खड्कालाई नगरप्रमुखको प्रमाण पत्र समेत प्रदान गरेका थिए। त्यसैगरी अब खड्काले नवनिर्बाचित तुलसीपुर उपमहानगरपालिकाकि उपमेयर स्यानी चौधरी लगायत १९ वटै वडाका अध्यक्ष र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराउने छन।

सपथ ग्रहण कार्यक्रममा घोराहीका नगरप्रमुख नरुलाल चौधरी,निबर्तमान राष्ट्रिय सभा सदस्य कोमल ओलि, घोराही उपप्रमुख हुमा डिसि, दाङ जिल्ला सचीव मनोहर बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया

प्रतिकृया