तुलसीपुर
१६-जेठ/ तुलसीपुर उपमहानगरपालिकाका मेयर र उपमेयरले सेवाग्राहीलाई प्रभावकारी सेवा दिन निर्देशन दिएका छन् । कर्मचारीसँगको परिचयात्मक कार्यक्रममा मेयर खड्काले सेवाग्राहीलाई मुस्कान सहित छिटोछरितो सेवा दिन निर्देशन दिएका हुन् ।

कार्यालयमा सेवा लिन आएका सेवाग्राहीलाई असन्तुष्ट बनाएर नपठाउन कर्मचारीलाई निर्देशन दिए । मेयर खड्काले कर्मचारी कार्यालयमा ढिलो आउने र चाँडै जाने खराब प्रवृत्ति भएको भन्दै त्यसलाई सच्याएर आफ्नो जिम्मेवारी पूरा गर्न सुझाब दिए ।

उपमेयर स्यानी चौधरीले इमान्दार भएर जनताको सेवा गर्न कर्मचारीलाई निर्देशन दिइन् । आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गरे कसैको चाकडी गर्न आवश्यक नहुने भएकाले इमानदारीले मात्रै तुलसीपुरको समृद्धि सम्भव भएको भन्दै उपमेयर चौधरीले जनता खुसी हुने काम मात्रै गर्न निर्देशन दिइन् ।

प्रतिकृया

प्रतिकृया