तुलसीपुर,
२५-जेठ/ तुलसीपुरमा गएराती एकै पटक चार जनाको फेसवुक ह्याक भएको छ । ह्याकरले चारैजनाको फेसवुक ह्याक गरेर फेसवुकमा भएका साथीहरु सँग २४ हजार ५ सयका दरले पैसा मागेको छ ।  तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का हेमराज डाँगी, हरी बुढाथोकी, वडा नं. ६ सुनिल आचार्य र वडा नं. ६ कै उमेश मज्गैयाको फेसवुक ह्याक भएको हो ।

गएराती साढे ११ बजे ह्याकरले सबैको फेसवुक ह्याक गरेर फेसवुकमा भएका साथीहरु संग आफु अप्ठेरोमा परेको विभिन्न वहाना बनाएर पैसा मागेको थियो । चारजना मध्येबाट ह्याकरले हरी बुढाथोकीको साथीबाट ४३ हजार ५ सय रुपैयाँ लगेको छ । मंगलबार राती साढे ११ बजे आफुलाई अप्ठ्यारो परेको भन्दै ह्याकरले हरी बुढाथोकीको फेसवुक साथीबाट पैसा मागेको हो । त्यसैगरी ह्याकरले तुलसीपुरका सुनिल आचार्यको फेसवुकबाट १२ जना साथीहरु सँग प्रत्येकबाट २४ हजार ५ सयका दरले पैसा मागेको आचार्यले जानकारी दिए ।

त्यसपछि आचार्यका साथीहरुले फोन गरेर बुझ्न खोज्दा फेसवुक ह्याक भएको थाहा भएको थियो । ‘राती साथीहरुले मलाई फोन गरेर अब पैसा पठाउँछु नआत्तिनु भन्दै फोन गरे आचार्यले भने त्यसपछि मैले फेसवुक ह्याक भएको भन्दै पैसा नपठाउँनु भने आचार्यले’ भने । यसैबीच ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले फेसवुक ह्याक गर्ने व्यक्तिको बारेमा अनुसन्धान भईरहेको जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया