रोल्पा
२९-जेठ/ रोल्पामा माटोको ढिस्को खस्दा एकै घरका दुई बालकको मृत्यु भएको छ । परिवर्तन गाउँपालिका-५ दाउन्ने भिर स्थित भित्री सडक खन्ने क्रममा रोकिराखेको एक्साभेटरमा खेलिरहेका दुई बालकको माथिबाट खसेको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो ।

रोल्पा परिवर्तन गाउँपालिका-५ दाउन्नेभिर निवासी प्रकाश खड्काका छोरा सात वर्षीय डेविड खड्का र दुई वर्षीय इसान खड्काको माटोको ढिस्काले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

आइतबार बिहान ९ बजेतिर माथिबाट माटोको ढिस्को खस्दा बाटोमा खेल्दै गरेका एकै घरका दाजु भाइको मृत्यु भएको हो ।

प्रतिकृया

प्रतिकृया