काठमाडौं,
२-असार/ चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेले राजनीतिमा प्रवेश गर्ने घोषणा गर्दै ग्यालेक्सी टेलिभिजन छाडेका छन् । टेलिभिजनले उनको बिहीबार बिदाइ समारोह पनि आयोजना गरेको छ । बिदाइ समारोहमा लामिछानले अब आफू राजनीतिमा प्रवेश गर्ने बताएका हुन् ।

           


उनले काठमाडौंबाट चुनाव लड्ने घोषणा गरे पनि क्षेत्र नखुलाएको बिदाइ समारोहमा सहभागी टेलिभिजनका एक कर्मचारीले जानकारी दिए । बिहीबार राति आफ्नो अन्तिम कार्यक्रम (सिधा कुरा) प्रशारण हुने जानकारी पनि लामिछानेले दिए । उनले आफू भावनात्मक रूपमा टेलिभिजनसँग साथमै रहने बताएको ती कर्मचारीले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया