बुटवल,
३-असार/ पाल्पा-बुटवल सडक खण्डमा तीन महिनासम्म टिपर सञ्चालन रोक लगाइएको छ। सडक डिभिजन कार्यालय, पाल्पाले सूचना निकालेर भदौ मसान्तसम्म टिपर सञ्चालनमा रोक लगाएको हो । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडकका विभिन्न ठाउँमा कालोपत्रे गर्ने काम भइरहेको छ।

ठूला र भारवहन बढी रहेका गाडी सञ्चालन हुँदा कालोपत्रे सडकलाई असर गर्ने र सडक जीर्ण बन्ने भएकाले टिपर सञ्चालनमा रोक लगाएको कार्यालयले जनाएको छ । पाल्पा-बुटवल सडकमा पछिल्लो समय दैनिक ३ हजार ५ सयभन्दा बढी टिपर सञ्चालन हुँदै आएका छन् ।

प्रतिकृया

प्रतिकृया