रोल्पा
४ असार/ रोल्पामा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा परिवर्तन गाउँपालिका वडानम्बर ५ खेस्रावाङका २१ वर्षीय दिनेश वली रहेका छन ।

शुक्रबार बेलुकी ६:३० बजे बाटोमा साइकल चलाउने क्रममा उनी बाटो देखि ३०० मिटर तल खसेर घाइते भएका थिए । घाइते वलीलाई उपचार गर्न रोल्पा अस्पताल लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।

प्रतिकृया

प्रतिकृया