तुलसीपुर
६ असार/ अनेरास्ववियु र राष्ट्रिय युवा संघ दाङले तुलसीपुरमा पेट्रोलियम पदार्थको मुल्यवृद्वीको बिरोधमा मोटर साइकल डोर्‍याएर मुल्यवृद्धिको बिरोध गरेका छन् ।

तुलसीपुरको मदनआश्रित चोकमा मोटर साइकल डोर्‍याएर पेट्रोलियम पदार्थको मुल्यवृद्धिको बिरोधमा बिरोध सभा गरेका थिए। सरकारले आइतबार बाट लागू हुनेगरी इन्धनमा उच्च मूल्यवृद्धि गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियुका केन्द्रीय सदस्य बिरवल खड्काले सरकारले पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेर जनतालाई सास्ती दिएको भन्दै मुल्य वृद्धि तत्काल फिर्ता लिन माग गरेका छन। जनतालाई मुल्यवृद्धिको भार थुपार्ने काम राम्रो नभएको भन्दै उनले अब चुप लागेर नबस्ने बताए ।

त्यसैगरी राष्ट्रिय युवा संघ दाङका अध्यक्ष देवु बस्नेतले पेट्रोलयमपदार्थको मुल्य बढाएर जनबिरोधी काम गरेको भन्दै तत्काल मुल्यवृद्धि फिर्ता लिन माग गरेका छन । मूल्यवृद्धि फिर्ता नभए कडा आन्दोलन गर्ने संघले चेतावनी दिएको छ ।

प्रतिकृया

प्रतिकृया