तुलसीपुर,
९-असार/ रक्तदान नै जिवन दान भन्ने मुल नाराका साथ बिहीबार तुलसीपुरमा रक्तदान कार्यक्रम गरिएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४३ औँ स्थापना दिवसका अवसरमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रहेको रक्तसंञ्चार केन्द्र(ब्लड बैंक)मा रक्तदान कार्यक्रम गरिएको छ । संगठनको जिल्ला कमिटि दाङको आयोजनामा भएको रक्तदान कार्यक्रममा दश जनाले रक्तदान गरेको जिल्ला अध्यक्ष केशब बहादुर भण्डारीले जानकारी दिए ।

संगठन स्थापना भएको दिनको अवसरमा हरेक वर्ष रक्तदान तथा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने गरिएको उनले जानकारी दिए । संगठनको लुम्बिनी प्रदेश कमिटिका उपाध्यक्ष समेत हुनु भएको भण्डारीले संगठनले यातायात मजदुरहरुको हकहितका साथै विभिन्न सामाजिक काम गर्दै आएको बताए । सो अवसरमा संगठनका केन्द्रीय उपमहासचिव खगेन्द्र वलीले संगठनले स्थापना दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाएको बताए । यातायात मजदुरहरुको हक र अधिकारका लागी संगठन स्थापना भएको बताउदै राज्यले यातायात मजदुरहरुलाई प्रोत्साहीत गर्नुपर्ने माग गरे ।

साथै उनले यातायात मजदुरहरु संगठित भए मात्रै हक र अधिकार सुनिश्चित गर्न सकिने बताए । कार्यक्रममा संगठनका केन्द्रीय उपमहासचिव खगेन्द्र वली, केन्द्रिय सदस्य क्षेत्र बहादुर योगी, संगठनका लुम्बिनी प्रदेशका सचिवालय पुर्व सदस्य अमर बहादुर डाँगी, जिल्ला कमिटिको निवर्तमान कोषाध्यक्ष खिम बहादुर डाँगी लगायतले रक्तदान गरेका थिए । ०३६ साल असार ९ गते सुनसरीको पानीपिया जंगलमा संगठनको स्थापना भएको थियो ।

प्रतिकृया

प्रतिकृया