बिजौरी,
९-असार/ दाङमा स्वास्थ्यकर्मीहरुका लागि थेरापेटिक योग सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ मा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा स्वास्थ्यकर्मीहरुको लागि सात दिने थेरापेटिक योग सुरु भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय स्वास्थ्य तालिम केन्द्र बुटवलको आयोजनामा बिहीबार देखि सुरु भएको योग असार १५ गतेसम्म सञ्चालन हुने भएको छ ।

प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीका निर्देशक डा. सन्तोष कुमार ठाकुरको अध्यक्षता तथा स्वास्थ्य तालिम केन्द्र वुटवलका नि. निर्देशक नोद नारायण चौधरीको विशिष्ट आतिथ्यमा सुरु भएको योग कार्यक्रममा २० जनाको सहभागिता थियो ।

कार्यक्रममा सहभागीहरुले योगको माध्यमबाट व्यक्तिको शारीरिक, मानसिक र आध्यात्मिक रुपमा स्वस्थ भइ नसर्ने रोगको जोखिम न्युनीकरण गर्न सकिने बताएका थिए । साथै स्वस्थ्यले व्यक्तिको स्वास्थ्यको रक्षा गर्ने र रोगी व्यक्तिको रोगको निवारण गर्ने, मोटापना, मधुमेह, उच्चरक्तचाप, मुटुरोग आदि रोगको रोकथामको लागि नित्य योग गर्नुपर्नेमा जोड दिएका थिए ।

डा. उमेश केसीको स्वागत मान्तव्यबाट सुरु भएको योग कार्यक्रमको सञ्चालन स्वास्थ्य तालिम केन्द्रमा कार्यरत डा। दिपक आचार्यले गरेका थिए । सात दिने योगमा लुम्बिनी प्रदेशका सबै जिल्लाबाट स्वास्थ्यकर्मीहरु सहभागिता छ ।

प्रतिकृया

प्रतिकृया