सल्यान
२४-असार/ सल्यान प्रहरीले एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । असार २२ गते राति सल्यान कुमाख गाँउपालिका – १ शान्तिबजारस्थित १४ वर्षिय एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

पक्राउ पर्नेमा जाजरकोट भेरी नगरपालिका – २ निवासी २२ वर्षीय रमेश भण्डारी र सोही ठाउँ निवासी १९ वर्षीय डिल्ली बस्नेत पक्राउ रहेका छन् । उनीहरुलाई गत असार २२ गते राति सल्यान कुमाख गाँउपालिका – १ शान्तिबजारस्थित ठूली आमाको घरमा सुत्न गएकी १४ वर्षीया बालिकालाई मध्यरातमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा पक्राउ गरिएको सल्यान प्रहरीको भनाइ छ ।

पीडितकी दिदी साथीको घरमा गएको मौका छोपी ढोका खुल्लै रहेको समयमा राति ११ बजेतिर उनीहरू घरभित्र मुखमा कपडा बाधेर तथा घरेलु हतियार देखाएर जबरजस्ती करणी गरेको भन्ने खुल्न आएको डिएसपी खड्काले बताएका छन् । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

प्रतिकृया

प्रतिकृया