रोल्पा
५-साउन/ रोल्पामा एक महिनाको अवधीमा १ हजार ९ सय ५३ जना नयाँ मतदाता थपिएका छन् । आसन्न संघ र प्रदेशसभा सदस्य चुनावका लागि निर्वाचन आयोगले सुरु गरेको मतदाता नामावली संकलनको क्रममा १ हजार ९ सय ५३ जना नयाँ मतदाता थपिएका हुन् ।

निर्वाचन आयोगले गत आसार १ गतेदेखि मतदाता नामावली संकलन सुरु गरेको थियो । जिल्लाका तीन स्थानमा मतदाता नामावली संकलन कार्य भइरहेको छ । रोल्पाको पश्चिमी र उत्तरी भेगका मतदाताका लागि इलाका प्रशासन कार्यालय घर्ती गाउँमा र अन्य भेगका लागि जिल्ला सदरमुकाम लिवाङस्थित जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा मतदाता नामावली संकलन कार्य भइरहेको छ ।

इलाका प्रशासन कार्यालय घर्ती गाउँमा ४९३ र जिल्ला प्रशासन कार्यालय रोल्पा तथा जिल्ला निर्वाचन कार्यालय रोल्पामा १ हजार ४ सय ६० नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय रोल्पाका सूचना अधिकारी लभलाइट वलीले जानकारी दिए ।

जिल्ला निर्वाचन कार्यालय रोल्पाका अनुसार थपिएका बाहेक जिल्लामा कुल एक लाख ५२ हजार २३ मतदाता रहेका छन् । तीमध्ये ४ हजार १० जना मतदाताको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा २ हजार ७ सय ३७ पुरुष र १ हजार २ सय ७३ महिला मतदाता छन् ।

सरकारले स्थानीय तह निर्वाचन वैशाख ३० गते गर्ने निर्णयपछि गत माघ २४ गतेदेखि मतदाता नामावली संकलन कार्य रोकेको थियो ।

प्रतिकृया

प्रतिकृया