अनिल अधिकारी,घोराही,
१७-साउन/ घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाले घोराही १७ मा रहेको प्राथमिक विद्यालय कर्जाहीको अनुगमन तथा छड्के निरीक्षण गरेको छ। महाशाखा अधिकृत नारायण पौडेलको नेतृत्वमा पुगेको टोलीले विद्यालयको अनुगमन तथा छड्के निरीक्षण गरेको हो । निरीक्षणका क्रममा विद्यालयमा सवै राम्रो पाइएको पौडेलले वताए ।
जम्मा ९६ जना विद्यार्थी संख्या रहेको विधालयमा ६७ जना विद्यार्थी उपस्थिति रहेका थिए भने अन्य विधार्थी उपस्थिति रहेका थिएनन । कक्षाकोठा, हाजीरी पुस्तिका, खाजा नास्ता र विद्यालयको भौतिक संरचनाको टोलीले निरीक्षण गरेको थियो ।

स्वच्छ पिउने पानी, शौचालय व्यवस्थीत रहेको थियो भने शिक्षक शिक्षीकाद्वारा पठनपाठन राम्रो तरिकाले भएको निरीक्षणका क्रममा आफुहरूले पाएको टोली संयोजक पौडेलले बताए । विद्यालयका प्रधानाध्यापक लिलाराज पण्डीतले दक्ष जनशक्ति अभाव विद्यालयलाई खड्किएको र त्यसको पहल गरीदिन अनुगमन टोली समक्ष आग्रह गरेका थिए । शिशु कक्षामा विद्यार्थी संख्या कम रहेको पाईएको एक साता भित्र विद्यार्थी संख्या वढाउने प्रतिवद्धता विद्यालयकी शिशुकक्षा शिक्षीकाले गरेको टोली संयोजक पौडेलले बताए । विद्यालय भित्र अनिवार्य सरकारी पोसाक लगाउन संयोजक पौडेलले शिक्षक शिक्षीकालाई निर्देशन दिदै भएका कमीकमजोरीलाई सुधार गर्नुपर्ने बताए ।
त्यसैगरी
महाशाखाले घोराही उपमहानगरपालिका वडा नं-६ लखुवार स्थित श्री जनकल्याण प्राथमिक विद्यालयको पनि अनुगमन तथा छड्के निरीक्षण गरेको छ। महाशाखा अधिकृत पौडेलको नेतृत्वमा पुगेको टोलीले विद्यालयमा कक्षा निरीक्षण, हाजीरी , खाजा नास्ता, विद्यालयमा लगाईने पोशाक र विद्यालयको‌ भौतिक संरचनाको निरीक्षण गरेको थियो । जम्मा ८४ जना विद्यार्थी अध्ययनरत विद्यालयमा ४० जना विद्यार्थी उपस्थिति रहेका थिए । समयमा शिक्षकहरू कक्षाकोठामा नपुग्दा विधार्थी चौरमा खेलिरहेका देखिन्थे । विद्यालयको शौचालय अस्तव्यस्त देखिन्थ्यो ।

अनुगमन टोलीका संयोजक पौडेलले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न निर्देशन दिदै शिक्षकहरु समयमै कक्षाकोठामा पुग्नुपर्ने बताए । प्रत्येक दिन खुवाईने खाजा नास्ता को मेन्यु सवले देखिने ठाउँमा राख्न र हरेक दिन छुट्टाछुट्टै खाजा खुवाउन पौडेलले प्रधानाध्यापक वलीलाई निर्देशन दिए । हरेक दिन विद्यालयमा आउँदा पोसाक अनिवार्य लगाउन पौडेलले विद्यालयमा कार्यरत शिक्षक शिक्षीकालाई निर्देशन दिदै कमीकमजोरीलाई सुधार गर्नुपर्ने बताए। विद्यालयमा स्वच्छ पिउने पानी र शौचालयको समस्या रहेको र सो समस्या समाधान गरीदिन प्रधानाध्यापक वलीले अनुगमन टोली संयोजक पौडेललाई आग्रह गरे। सामाजिक विकास महाशाखाले विधालय अनुगमनलाई प्राथमिकतामा राखेकोले महाशाखाको टोली अनुगमनमा खटिएको पौडेलले बताए ।

प्रतिकृया

प्रतिकृया