तुलसीपुर
३०-साउन/ आज साउन महिनाको अन्तिम सोमबार, दाङ लगायत देशभरका शिवालयहरूमा दर्शनार्थीको भिड लागेको छ । साउने सोमबार ब्रत बसी शिवजीको पूजा आराधना गर्ने धार्मिक परम्परा छ ।

           


आज दाङको धारापानी, सितलपुर लगायत देशभरका शिवालयहरुमा श्रद्धालुहरुको घुइँचो लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेका ब्रतालुहरुले आज विधिपूर्वक ब्रत समाप्त गर्दछन् ।

साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरुले ब्रत, पूजापाठ तथा दान गर्छन् । साउनको सोमबार ब्रत बस्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ ।

 

अघिल्ला दुई वर्ष कोरोनाका कारण अरु चाडपर्वमा जस्तै साउने सोमबारमा पनि मन्दिरहरु बन्द थिए । यसवर्ष सबै ठाउँ खुला भए पनि कोरोनाको जोखिम कायमै भएकाले भिडभाडमा ख्याल गर्न र मास्क लगाउन विज्ञहरुले आग्रह गर्दै आएका छन् ।

प्रतिकृया

प्रतिकृया