रामप्रसाद सुवेदी,हापुरे,
३० साउन/ नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेकपा माओवादी केन्द्र लगायतका कम्युनिस्ट पार्टीहरुले नेपाली काङ्ग्रेस संग गठबन्धन तोडेको खण्डमा बाम गठबन्धनका बिषयमा सोच्न सकिने बताएका छन। नेकपा एमाले दाङको आयोजना तथा नेकपा एमाले बबईको ब्यबस्थापनमा सोमबारदेखि हापुरेमा सुरु गरेको जिल्लास्तरिय दुई दिने पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन।

           


गठबन्धनको रुपमा बाम शक्तिलाई सिद्धाउने योजना बनेको बताउदै ज्ञावालीले काँग्रेसलाई अघि लगाएर केही बाम शक्तिले गलत गरेको बताए । गठबन्धन सरकार समाजबादको बाधक रहेको बताउदै उपाध्यक्ष ज्ञावालीले बिचार नमिल्ने संग गठबन्धन गरेर काँग्रेस पार्टीलाई ठूलो शक्ति बनाउन लागि नपर्न बामपंथी नेताहरूहरुलाई आग्रह गरेका छन।

यस अघिको सरकारले गरेका क्रियाकलापलाई बर्तमान सरकारले प्राथमिकतामा नराखेको भन्दै उपाध्यक्ष ज्ञवालीले आर्थिक रुपमा देशको अबस्था धरासायी भएको जिकिर गरेका छन । उपाध्यक्ष ज्ञवालीले समाजबादको आधार तयार पार्नका लागि एमालेको पक्षमा मत जाहेर गर्न र पार्टी नेता कार्यर्तालाई निर्देशन दिएका छन ।

 

एक अर्को प्रसंगमा बोल्दै उपाध्यक्ष ज्ञवालीले अहिले बिश्वमा शक्ति देशहरुका बीच लडाईको चर्चा हुन थालेको भन्दै नेपालको भुभाग प्रयोग गरेर चीनका बिरुद्ध सड्यन्त्र भइरहेको बताएका छन । नेपालमा अमेरिकी परियोजना एमसीसी र एसपीपी त्यसका उदाहरण रहेको बताए । अहिले अमेरिका, चीन, भारत, रुसहरुले लडाईको संकेत गरेको भन्दै नेपाली जनताले यस्ता क्रियाकलापका बिरुद्ध निर्बाचन मार्फत् एमालेलाई ठूलो पार्टी बनाउनुपर्ने बताएका छन।

देशलाई दुर्घटनाबाट बचाउनका लागि मंसिरमा हुने निर्बाचन मार्फत् एमाले पहिलो शक्ति हुने बताए । उपाध्यक्ष ज्ञवालीले नेकपा एमालेप्रति मतदाताको बिश्वास रहेको भन्दै देशलाई जोगाउने शक्ति एमाले मात्रै रहेको दाबी गरेका छन । स्थानीय तहको निर्बाचनमा नेकपा एमालेलाई लोकप्रिय मत प्राप्त भएको प्रसंगको स्मरण गर्दै नेकपा एमालाई मात्रै देशको चिन्ता रहेको बताएका छन।

अहिले पनि एमालेका बिरुद्ध सड्यन्त्र भइरहेको बताउँदै उपाध्यक्ष ज्ञवालीले यसको जवाफ मंसिर ४ गते नेपाली जनताले दिने बताए। एमाले पाँच दलीय गठबन्धनका बिरुद्ध मात्रै होइन अरु कति दलको गठबन्धन हुन्छ त्यसका बिरुद्ध पनि निर्बाचन मैदानमा जान्छ, एमाले एक्लै देशको पहिलो शक्ति रुपमा उदाउने बताए।

नेकपा एमाले दाङका अध्यक्ष हुकुम बस्नेतको अध्यक्षतामा सुरु भएको प्रशिक्षण कार्यक्रममा सोमबार नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवाली, सचिब छबिलाल बिश्वकर्मा केन्द्रिय सदस्य द्वय जीवन गौतम र कोमल वलीले प्रशिक्षण दिएका थिए । नेकपा एमाले दाङ जिल्ला उपाध्यक्ष नारायण पाण्डेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण जिल्ला सचिव मनोहर बुढाथोकीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया