जयन्ती चौधरी, तुलसीपुर
१-भदौ/ दिउँसोको साढे १२ बजेको थियो । यस्तो लाग्दै थियो गर्मीका कारण बेहोस नै भइन्छ की । विद्यालयको गेट बाहिरबाट हेर्दा ठूला ठूला भवन थियो । यस्तो लाग्दै थियो कि यो विद्यालय निकै सुविधा सम्पन्न होला जस्तो । तर भित्र पाइला राख्दा विद्यालयको त्यो जिर्ण अवस्थाको कक्षा कोठा देख्दा ‘सुस्केरा’ नहाल्ने सायद कमै थिए होला ।
शिशु कक्षादेखि १० कक्षासम्म संचालनमा रहेको उक्त विद्यालयको भवन जिर्ण अवस्थामा छ । शिशु कक्षा देखि ३ कक्षासम्मका बालबालिकाहरुले पढ्ने भवन जिर्ण छ । ७ कोठे कच्ची भवन जिर्ण भएपछि बालबालिकाहरुको पठन पाठनमा समस्या छ । पानी पर्दा चुहिने र हावाहुरी आउँदा ढल्ने होकी भन्ने समस्या छ ।
कक्षाकोठा भित्र पस्दा लाग्छ कुनै कैदखाना पसेको जस्तो । पूरानो जिर्ण अवस्थामा रहेको भवन । टिन लगाएको त्यो कच्ची भवन त्यसमाथि पनि भित्र काठको ‘टेका’ लगाएको । बालबालिकाहरुले पढ्न छोडेर टेका समाएर खेल्नमा व्यस्त देखिन्थे । अभिभावकले आफ्ना बालबालिकाहरुलाई पढ्न पठाएको हो की कैदखानामा भन्दा कुनै फरक नपर्ला । यो भदौ मासको चर्को घाममा बिना पंखामा पढ्न बाध्य छन् ।
भौतिक अवस्था निकै दैनिय छ । यो दिपेन्द्र माध्यामिक विद्यालयमा अन्य भवन भने नभएको हैन् भवन धेरै छन् । नयाँ भवन निर्माण भएको छ । तर उक्त भवन उद्घाटन नभएकोले बालबालिकाहरुलाई पुरानै जिर्ण भवनमा राखिएको छ । दुई तल्लाको ८ कोठे भवनमा ताला लगाइएको छ ।
यो दिपेन्द्र माध्यामिक विद्यालय तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ मानपुरमा छ । विद्यालयको स्थापना २०१० सालमा भएको हो । यस विद्यालयमा हाल चार सय बढी विद्यार्थी छन् ।
के नयाँ भवनमा बालबालिकाहरुले बसेर पढ्नका लागि ज्यानै दिन पर्ने हो ? यद्यपी भवन निर्माण भैसकेको छ, बालबालिकाहरुलाई त्यसमा पढ्ने वातावरण मिलाउने हो कि जिर्ण भवनमा पढाएर बालबालिकाहरुको मृत्यु कुर्ने हो ?
यसैबिच, दिपेन्द्र माध्यामिक विद्यालयका एक शिक्षकले नयाँ प्रविधिको प्रयोगबाट कक्षा संचालन गर्दै आएका छन् । माध्यामिक तहमा अध्यापन गराउने भुपाल आचार्यले विद्यालयको शैक्षिक सुधारका लागि नयाँ प्रविधिको प्रयोगबाट कक्षा संचालन गर्दै आएका छन् । हामी विद्यालय अनुगमनमा जाँदा कक्षा ९ का विद्यार्थीलाई नेपाली विषय डिजिटल माध्यमबाट पढाइरहेका थिए । उनले बालबालिकाहरुलाई पृथक तरीकाले शिक्षण गर्ने उद्देश्यले आफूले यो प्रविधि अपनाएको बताए ।
समयको माग अनुसार आफूले अध्यापन गराउदै आएको बताए । शैक्षिक सामग्री बनाउन चुनौती भएपनि विद्यार्थीलाई नयाँ प्रविधिबाट शिक्षा दिन पाउँदा निकै खुशी लागेको बताए । ‘यो विधिबाट विद्यार्थीलाई पढाउदा कक्षा कोठामा हो हल्ला गर्ने झन्झटबाट मुक्ती मिलेको छ’–उनले भने ।
तुलसीपुर १७ को वडा कार्यालय र दिपेन्द्र माध्यामिक विद्यालय मानपुरको तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीले अनुगमन गरेकी छिन् । उपमेयर चौधरीले अनुगमनका क्रममा विद्यालयको भौतिक अवस्था जिर्ण रहेकोले तत्काल बालबालिकाहरुलाई नयाँ भवनमा पठनपाठनका लागि वातावरण मिलाउन वडाध्यक्ष थलराज पुरीलाई आग्रह गरेकी छिन् ।
त्यस्तै वडा कार्यालयलाई आहा भन्न लायकको बनाउन र विद्यालयको शैक्षिक गुणस्तर, भौतिक अवस्था लगायतको बारेमा समय समयमा जानकारी लिन भनेकी छिन् । उपमेयर चौधरीले वडा कार्यालयमा आउँदा आफ्नै घर आँगनमा आएको जस्तो महशुस हुने खालको वातावरण सृजना गरी जनताको काम गर्नु पर्ने बताइन् । उनले बुधबार वडाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारीहरु संग छलफल पनि गरेकी छिन् ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले वडामा रहेका सामुदायिक विद्यालयलाई स्थानीय सरकार भएको अनुभूति गराउन सुझाब दिएका छन् । उनले अनुगमनका क्रममा विद्यालयको व्यवस्थापन, दिवा खाजा कार्यक्रमको प्रभावकारीताका विषयमा पनि जानकार हुन सुझाए ।