रुकुम पश्चिम
१-भदौ/ रुकुम पश्चिमको सानीभेरी नदीमा एक जनाको शव फेला परेको छ । सानीभेरी गाउँपालिका-४ स्थित सानीभेरी नदीको बीच टापुमा अन्दाजी ३० वर्षिय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

           


नदीको बीचमा अड्कीएको अवस्थामा शव फेला पारी निकालिएको प्रहरीले बताएको छ । मृतकको पहिचान भने खुलेको छैन । घटनाको थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया