दाङ
१-भदौ/ दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । जिल्लाको गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका-६ को उल्लानीमा दुर्घटनामा परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

           


जीपमा सवार चार पुरुष र एक महिला गरी पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका चार जनाको उद्दार गरी उपचारका लागि गोकुलेश्वर पठाइएको छ । जीप सडकबाट करीब पाँच सय मिटर तल खसेको छ ।

प्रतिकृया

प्रतिकृया