तुलसीपुर
१-भदौ/ तुलसीपुरमा सर्पको टोकाइबाट एक जना गम्भीर घाइते भएका छन् । बुधबार दिउँसो साढे २ बजेतिर आफ्नै घरको गोठमा काम गर्ने क्रममा नाम नखुलेको सर्पले टोक्दा एक जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज मल्लले जानकारी दिए ।

           


डिएसपी मल्लका अनुसार घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका १९ बिजौरी निवासी १९ वर्षीय सुदन विक रहेका छन् । विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि साढे ४ बजे बाँके रिफर गरिएता पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको अस्पताललाई उद्धत गर्दै प्रहरीले बताएको छ ।

विकको अवस्था सुधारोन्मुख रहेको प्रहरीले बताएको छ ।

 

प्रतिकृया

प्रतिकृया