सल्यान
१-भदौ/ सल्यानमा एसिडले मुख धुदा एक जना घाईते भएका छन् । बुधबार दिउँसो १२ बजेतिर पानी भनेर एसिडले मुख धुदा रोल्पा रुन्टिगढी गाँउपालिका घर भई हाल कुमाख गाँउपालिका २ खारखोलास्थित जयराम बुढाथोकीको घरमा बस्दै आएका ५३ बर्षिय बिर बहादुर घर्ती घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

           


डिएसपी खड्काका अनुसार बुढाथोकी ५/६ महिनादेखि रेजिन एण्ड टप अप खोटो संकलन कम्पनीमा काम गदै आएका थिए । उनको एसिडले मुख धुदा टाउको र मुख जलेको छ । घाईते घर्तीको रुकुम पश्चिमे चौरजहारीको मिसन अस्पतालमा उपचार भैरहेको अस्पताललाई उद्धत गर्दै प्रहरीले जनाएको छ ।

साथै ३ लिटर एसिड समेत प्रहरीले बरामद गरेको छ । उक्त घटनापछि जिल्लाका विभिन्न स्थानबाट एसिड नियन्त्रणमा लिने काम भएको डिएसपी खड्काले जानकारी दिए । मंगलबार मात्रै सल्यानमा आफ्नै दाइले एसिड प्रहार गर्दा तिन जना घाईते भएका थिए ।

 

प्रतिकृया

प्रतिकृया