देउखुरी,
३ भदौ / दाङको राजपुरमा झाडापखालाबाट एकजनाको मृत्युु भएको छ भने १७ जना विरामी भएका छन् । उनिहरू मध्ये तिनजनाको अवस्था सिकिस्त रहेको छ । झाडापखालाबाट मृत्यु हुनेमा राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीँ नाका पलानगौरी निवासी ७ वर्षिय सम्झना परियार रहेको इलाका प्रहरी कार्यालय भैसाहीँ नाकाले जनाएको छ । झाडापखालाबाट मृत्यु भएको खबर स्थानीयले वडाध्यक्षलाई भने पछि राजपुरका स्वास्थ्यकर्मी टोली घटनास्थलमै पुगेको थियो ।

राजपुर गाउँपाफिका वडा नम्बर ७ भैसाहीँनाका पलानगौरी निवासी ९ वर्षिय अस्मिता बुढा, सोही ठाउँ निवासी २८ वर्षिय लालमति परियार, उनकी छोरी ३ वर्षिय सपना परियार, ५३ वर्षिय सेषमति बुढाथोकी, २३ वर्षिय विमला राना, डेर वर्षिय ९बालक० हिमाल राना, ४ वर्षिय सुदिप राना, ४३ वर्षिय बालाराम गिरि झाडापखालाबाट बिरामी भएको राजपुर स्वास्थ्य चौकिका प्रमुख खिम बहादुर रावतले जानकारी दिएका छन ।

यस्तै झाडापखालाबाट राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीनाका निवासी ३५ वर्षिय गंगाराम परियार, ३८ वर्षिय केशरबहादुर घर्ती, २८ वर्षिय प्यारी राना, १२ वर्षिय शेरबहादुर घर्ती, ६८ वर्षिय अम्बा पुन, २७ वर्षिय शोभा गिरि, ३७ वर्षिय सुनमालि कवर, ३३ वर्षिय पार्वती कवर, डेर महिना कि बालिका तुलसी घर्ती बिरामी भएका छन।

 

 

दुसित पानीका कारण झाडापखाला फैलिएको हुन सक्ने प्रमुख रावतले बताएका छन। अन्य बिरामीको अवस्था सामान्य रहेको बताएका छ्न ।

राजपुर स्वास्थ्य चौकि प्रमुख खिमबहादुर रावत, अहेव ताराप्रसाद विक, सामुदायिक स्वास्थ्य ईकाइ भैसाहीँनाकामा कार्यरत अहेव शिवप्रसाद यादव लगायतको टोली बिहिवार बेलुका नौबजे भारती भुमि प्रयोग गरि राति दुई बजे घटनास्थलमा पुगेर शुक्रबार दिनभर विरामीहरूको घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गरेको हुन ।

स्वास्थ्यकर्मी सहित वडाअध्यक्ष नाकामा
राजपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पुष्कर वलि स्वास्थ्यकर्मी बोकेर नेपाल(भारत सीमावर्ती क्षेत्रमा पुगेका छन । केही दिनदेखि झाडापखाला र ज्वरो फैलिएको खबर आएपछि वडाध्यक्ष वलि स्वास्थ्यकर्मीको टोली सहित सीमावर्ती क्षेत्र भैसाहीँनाका पुगेका हुन ।

उपचारका लागि राजपुर गाउँपालिकाबाट ओषधि र स्वास्थ्यकर्मी सहित झाडापखाला लागेको स्थानमा पुगेका वडाध्यक्ष वलिले विरामीहरूको उपचार भइरहेको र अहिले उनीहरुको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको बताएका छन ।

प्रतिकृया

प्रतिकृया