रोल्पा
१२-भदौ/ रोल्पाको माडी खोलामा जीप खस्दा एक जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् । बेपत्ता हुनेमा जीप चालक नुवाकोट ककनी-३ निवासी वुद्धिबहादुर लामा रहेका छन् भने बैतडी पाटनका मनोज चन्द घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

           


रोल्पाको माडी गाउँपालिका-४ सिस्ने बजारबाट घर्तीगाउँका लागि छुटेको बा ७ च ५००२ नम्बरको जीप सडकबाट करिब एकसय मिटर तल माडी खोलामा खसेको हो । घाइतेलाई थप उपचारक लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रिफर गरेको प्रहरीले बताएको छ । 

उक्त दर्घटना स्थलमा नेपाली सेनाको टोलीले बेपत्ताको खोजी गरिरहेको छ । दुर्घटना भएको गाडी शहीदमार्ग सडक आयोजनाका निर्माण व्यवसायीको भएको प्रहरीले जनाएको छ । 

 

प्रतिकृया

प्रतिकृया