तुलसीपुर
१४ भदौ/ सल्यानमा अटोरिक्सा दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । कालीमाटी गाउँपालिका वडा नम्बर १ लक्ष्मीपुरदेखि टोटाबाज जाँदै गरेको रा १ ह २२१९ नम्बरको अटोरिक्सा शारदा नगरपालिकासल्यानमा अटोरिक्सा दुर्घटना हुँदा दुईजनाको मृत्यु, ५ जना घाइते वडा नम्बर १० नयाँ बस्तीमा सोमबार दुर्घटना हुदा दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा कालीमाटी गाउँपालिका वडा नम्बर-१ लक्ष्मीपुरकी ३६ वर्षीया धनीकुमारी पुन र अन्दाजी ६० वर्षीया कमलाकुमारी पुन रहेका छन् । दुवै जनाको जिल्ला अस्पताल पुर्‍याए लगतै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएका छन। अन्य घाइतेहरुको उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया

प्रतिकृया