तुलसीपुर
१६ भदौ/सिचाइ गर्ने गाउँले कुलोले बगाउँदा तुलसीपुरमा एक महिलाको मृत्यु भएको छ । वडा नम्बर ६ गौलौरामा गौरीगाउँ कुलोले बगाएर ४७ वर्षिय सिता भण्डारीको मृत्यु भएको तुलसीपुर प्रहरीले जानकारी दिएको छ ।

पन्चमीको पुजा सकेर घर फर्कने क्रममा कुलामा खसेको हुन सक्ने प्रहरीले बताएको छ। उनलाई कुलाले बगाएको थाहा पाएपछि स्थानीय उद्दारमा लागेका थिए । उनलाई गौरीगाउबाट उद्दार गरि अस्पताल पुराईएको थियोे ।

राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। यो कुलोमा अहिले सम्म पाँच जनाको मृत्यु भएको स्थानीयले बताएका छन ।

 

 

प्रतिकृया

प्रतिकृया