तुलसीपुर
१८ भदौ / एमाले जिल्ला पार्टी कार्यालय दाङमा बसेको बैठकले क्षेत्र नम्वर २ प्रदेश सभा (क) मा बलिभद्र रानालाई सर्वसम्मत उम्मेदवार बनाएको छ ।
बैठकले लुम्बिनी प्रदेश कमिटी सदस्य रानालाई प्रत्यक्षतर्फ सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिएका छन् ।