तुलसीपुर
२२-भदौ/ दाङको तुलसीपुरमा शौचालयमा लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-६ कपडादेबी निबासी ३८ वर्षिया कमला लामिछाने रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रञ्जन स्वाँरले जानकारी दिए ।

छिमेकी दिदी नाता पर्ने सोही ठाउँ निवासी तेजकुमारी लामिछानेको घरमा बुधबार बिहान साढे ६ बजेतिर शौचालय गएकी कमला एक घण्टासम्म नफर्किएपछि ढोका फोडेर हेर्दा घोप्टो अवस्थामा देखेपछि उनलाई तत्काल राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको थियो ।

अस्पताल ल्याए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । घरमा श्रीमानसंग सामान्य विवाद भएपछि कमला मंगलबार बेलुका ७ बजे छिमेकी दिदी तेजकुमारीको घरमा आएको प्रहरीले बताएको छ । पोष्ट मार्टम रिपोर्टमा नर्मल देखिएपछि लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

साथै पोष्टमार्टम पश्चात परिवारले शव बुझिसकेको प्रहरीले बताएको छ । तर मृत्यु के कारणले भएको हो भनेर थप अनुसन्धानका लागि ‘भिसेरा’ गर्न नेपालगञ्ज पठाएको प्रहरीले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया