तुलसीपुर,
६-असोज/ नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले धेरैको पयत्न पछि टरिगाउँ एयरपोर्टको स्तरउन्नति सँगै वजेट शुनिश्चित भएको बताएका छन् । बिहीबार पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्री मेटमणी चौधरीसहित टरिगाउँ एयरर्पोटको अनुगनको लागि आएका स्वास्थ्य राज्यमन्त्री केसीले यस्तो बताएका हुन् । टरिगाउँ एयरर्पोटको स्तर उन्नतीका लागि आफुहरुले सक्दो पहल गर्ने बताए ।

           


अहिले एयरर्पोट विस्तारको लागि एक प्रकारको परिस्थिती निर्माण भएको बताउँदै यहिलाई आधार मानेर भविष्यमा जो आएपनि एयरर्पोट विकासको काम निरन्तर अगाडी बढ्ने बताए । अहिले टरिगाउँ एयरर्पोटको बिषयमा सामाजिक सञ्जालमा विभिन्न नकारात्मक टिका टिप्पणी भईरहेको सुनाउँदै यस्ले गर्दा भविस्यमा एयरर्पोटको स्तरउन्नतिको बेला समस्या हुने सक्ने तर्फ सचेत हुन आग्रह गरे ।

साथै स्वास्थ्य राज्यमन्त्री केसीले एयरर्पोटको विकासका लागि यसक्षेत्रका नागरिक सकारात्मक हुनु आवस्यक रहेको बताए । टरिगाउँ एयरर्पोटको स्तर बृद्धि एकजना व्यक्ति विशेषलाई मात्रै नभएर सम्पुर्ण दंगालीलाई आवस्यक रहेकाले एयरर्पोटको बारेमा सकारात्मक कुराहरु लेख्दै सबैले आआफ्नो स्थानबाट सहयोग गर्नु पर्ने बताए ।

 

प्रतिकृया

प्रतिकृया