तुलसीपुर
६-असोज/ नेपाल सरकारका शहरी विकास मन्त्री मेटमणी चौधरीले टरिगाउँ एर्पोटको स्तरवृद्धिका लागि सबै एकजुट भएर लाग्नु पर्ने बताएका छन् । एर्पोट विस्तारका लागि बजेट जति लागे पनि त्यसको व्यवस्थापन गर्ने जिम्मा हाम्रो भएको बताएका छन् ।

           


‘धावन मार्ग विस्तारका लागि २०/३० करोड जति लागेपनि त्यसको व्यवस्थापन हामी गर्छौ’- मन्त्री चौधरीले भने । विशेषगरी तुलसीपुर उपमहानगरपालिकाका मेयर तथा सम्बन्धीत वडाका वडाध्यक्षले यसको विषयमा चाँसो राख्नु पर्ने बताए । साथै उनले एर्पोट विस्तारको बजेटका लागि आफूहरुले पहल गर्ने र सबैले आ-आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने बताए ।

त्यस्तै चौधरीले टरिगाउँ एर्पोटमा ७२ सिटे विमान बस्न सक्ने क्षमता भएता पनि विभिन्न कारण देखाउदै त्यसो नहुनसकेकोमा दुख व्यक्त गरेका छन् । उनले छिट्टै एर्पोटको धावन मार्ग विस्तारको काम शुरु हुने र ६२ सिट क्षमताको जहाज उडान हुने आश्वासन समेत दिए ।

 

प्रतिकृया

प्रतिकृया