तुलसीपुर
६-असोज/ तुलसीपुरमा परालमा उम्रेको च्याउ खाँदा एक जना महिला गम्भीर बिरामी परेकी छिन् । बिहीबार बिहान करिब साढे १० बजेतिर घर नजिक राखिएको परालमा उम्रिएको च्याउ खाँदा तुलसीपुर उपमहानगरपालिका १६ उत्तर कुह्ररिया निवासी ७१ वर्षिय जोगेनी चौधरी गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

उनको अहिले राप्ती प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ । उनको बुहारीले पनि च्याउ खाएता पनि बुहारीलाई भने केही नभएको प्रहरीले बताएको छ । उनको अवस्था अहिले गम्भीर रहेको अस्पताललाई उद्धत गर्दै प्रहरीले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया