तुलसीपुर,
१०-असोज/ दाङको तुलसीपुरमा रहेको डिलाइट द सपिङ मार्टले नेपालीहरुको महान पर्व वडादशै, शुभ दिपावली तथा छठ पर्बको अवसरमा विभिन्न बम्पर उपहार योजना ल्याएको छ । विगत ६ वर्षदेखि तुलसीपुरको बाहिनी चोकमा अवस्थित डिलाईट द सपिङ मार्टले सोमबार देखि छठ पर्वसम्म सामान खरिद गर्ने ग्राहकलाइ बम्पर उपहारको योजना ल्याएको छ । जस अन्तर्गत भाग्यमानी एक ग्राहकले डेल को ल्यापटप पाउने छन् ।

अन्य उपहार अन्तर्गत, हिटर, मिक्चर, प्रेसर कुकुर, इलेक्ट्रीक जग , आइरन, हेयर ट्रिमर साथै अन्य आर्कषक उपहाहरुको समेत योजना ल्याएको डिलाईट ग्रुपका म्यानेजर अबिनाश खरेलले जानकारी दिए । साथै सपिङ पनि नास्ता पनि’ योजना अन्तर्गत हरेक दिन दुई जना ग्राहकलाई नास्ताको व्यवस्था गरिएको छ । चिठ्ठा जित्ने ग्राहकलाई आफुहरुले कुपन दिने र त्यो कुपन लिएर डिलाईटको कुनै पनि शाखामा गएर नास्ता खान सकीने खरेलले बताए ।

उपहारमा समावेश हुनका लागी दशैदेखि छठ पर्वसम्म डिलाईटबाट ९९९ रुपैंया भन्दा बढीको सामान खरिद गरेको हुनु पर्ने छ । ग्राहक बर्गलाई सस्तो र सुलभ सामान प्रदान गर्नको लागी विभिन्न अफरहरु पनी ल्याइएको छ । जसअन्तरगत १ केजी टोकला चिया पत्ती खरीदमा ५०० ग्राम चिनी फ्रि , हिमालय नमकीनमा १० प्रतीशत छुट, पैचोको केचभ र अचारमा १० प्रतीशत छुट, थ्री स्टार ससेजमा १० प्रतीशत छुट लगाएत विभिन्न सामानमा आकर्षक छुटको ब्याबस्था गरीएको छ । भाग्यशाली उपहार कात्तिको १४ गते बिहान ११ बजे प्रकाशित गरिने छ ।

यसैबीच दशै तिहार अफर बाहेक डिलाईट द सपिङ मार्टले बिगत २ वर्ष देखी मेम्बर सिप योजना निरन्तर चलीरहेको छ । जसअन्तर्गत ३ प्रतीशत देखि २० प्रतीशत सम्म छुट गरीएको छ । डिलाईट गु्रप अन्तरगत अहिले २ वटा रेष्टुरेन्ट, एउटा सपिङ मार्ट, एउटा विद्यालय सञ्चालनमा छ भने डिलाईट ग्र’रुपले थप नयाँ कामको थालनी गर्ने योजना बनाएको छ । डिलाईट गु्रपको विभिन्न शाखामा ६५ जना भन्दा बढी कर्मचारी कार्यरत छन् ।

प्रतिकृया

प्रतिकृया