तुलसीपुर 
१२ असोज/ तुलसीपुर बसपार्क स्थित मासु मण्डीको अनुगमन गरिएको छ । उपमहानगरपालिको उपमेयर स्यानी चौधरीको संयाेजकत्वमा विभिन्न सराेकारवालाहरुकाे प्रतिनिधित्वमा तुलसीपुर उपमहानगरपालिका वडा नं ५ अन्तर्गत पर्ने मासु बजारमा अनुगमन गरिएको हो । मंगलबार  बस पार्क स्थित पशु बधशाला स्थित, मासु पसल र पशुपंक्षी बध गर्ने स्थानको अनुगमणका क्रममा मापदण्ड अनुसार सरसफाईमा ध्यान नदिएको पाइएको हो ।

अनुगमण टोलिले सरसफाई गर्न, झिंगा नलाग्नेगरी जालीको व्यवस्था गर्न, डि–फ्रिजको व्यवस्था गर्ने निर्देश कार्यान्वयन नगरे कारबाही गर्ने चेतावनी दिइएको उपमेयर स्यानी चौधरीले जानकारी दिएकी छ्न ।

बधशालामा रहेका मासु पसललहरुमा झिंडा भन्किएको, सरसफाईमा ध्यान नदिएको र उपभोक्ताहरु बासी मासु खरिद गर्न बाध्य भएको भन्दै जनगुनासो आउने गरेकोले अनुगमन गरेको चौधरीले बताएकी छिन । रागाँ, खसी, कुखुरा, बंगुर लगाएतका करिब एक दर्जन मासु पसलमा अनुगमण गरिएको थियो ।

प्रतिकृया

प्रतिकृया